सरकारी जागिर छोडर कृषिमा रमाउदै बोहोरेटारका गौतम

चितवन : सरकारि जागिर खाने रहर कस्को हुदैन र, सरकारि जागिरका लागि जो कोहि पनि तछाडमछाड गरिरहेका हुन्छन् । तर कमलामाई नगरपालिका २ भद्रकालि बोहोरेटारका प्रदिप गौतम सरकारी जागिर छोडर कृषि पेसामा आकर्षित भएका छन् । गौतम घ्याङलेख गाउँपालिकामा कृषि प्राबिधिकको रुपमा काम गरिरहेका थिए ।

गौतमले सरकारि जागिर छोडर डेढ बर्ष देखि कृषि ब्यबसायमा लाग्नु भएको हो । उहाँले च्याउ खेति ,तरकारि खाने खोर्सानि ,टमाटर,बोडि लगाायतका तरकारि खेति गरिरहनु भएको छ । करिब डेढ बर्ष अगााडि हेल्लो किसान बहुउदेश्यीय कृषि च्याउँ तथा पशुपंक्षि फर्म नै दर्ता गरेर उहाँले कृषि ब्यबसायमा लाग्नुभएको उहाँले बताउनु भयो ।

उमेरले भर्खर २३ लाग्नुभएका उहाँले सरकारि जारिर बाट सिमित आम्दानि मात्र लिन सकिने भएकाले कृषी ब्यबसायनै गर्न लागेको बताउनु भयोे । १५ सय पोका च्याउँ तथा ८ कठ्ठा जमिनमा तरकारि खेति बाट उहाँले करिब ६ लाख लगानिमा कृषि ब्यबसाय सुरुवात गर्नु भएको थियो । धाँन फल्ने खेतमा बाँसका भाँटा गाड्दा अनेक थरि कुरा काटेका छिमेकि भने अहिले राम्रो आम्दानि हुँदा अच्चम्मित भएका छन् ।

लकडाउनको समयमा तरकारि बिक्रि नहुँदा करिब ४ लाख बराबरको घाटा ब्यहोर्नु परेपनि उहाँले कृषि पेसा बाट हिम्मत हार्नुभएन । लकडाउन यता मात्रै उहाँले च्याउँ खेति र तरकारि खेति बाट ६ लाख आम्दानि भएको बताउनु भयो । अहिले उहाँले करिब १ हजार पोका च्याउँ,८ कठ्ठा खेतमा तरकारि लगााउनु भएको छ । त्यस्तै २हजार पोका च्याउँ,२० कठ्ठा जमिन लिजमा लिएर २० वटा टमाटरको टनेल घर,त्यस्तै तरकारि खेतिको लागि तयारि गर्नुभएको छ । उहाँले बार्षिक खर्च कटाएर १० लाख नाफा लिने योजनामा हुनुहुनछ ।

साथै उहाँले ३ जना स्थानिय लाई मासिक रुपमा २१ हजार तलब सहित रोजगार दिनुभएको छ । ५ जना अरु स्थानिय कामदार थप्ने उहाँले जानकारि दिनुभयो । गौतमले सिन्धुलीमा च्याउँको बजारिकरण समस्या हुने गरेको बताउनु भयो । च्याउँ खेति गर्न कृषकको बृद्धि भएकाले बजारिकरणमा समस्या भएको हो ।

च्याउँ बिक्रि गर्नका लागि सुनसरी,चरिकोट,रामेछाप सम्म सप्लायर्स गर्न गरेको गौतमको भनाई रहेको छ । आज कमलामाई नगरपालिकाका कृषि शाखाका कृषि प्राबिधिक सरोज फुयाल,२ नं बडाका कृषि प्राबिधिक सबिना क्षेत्रिले गौतमको कृषि फर्मको अनुगमन गर्नूभएको छ । कृषि प्राबिधिक फुयालले युबाहरलाई कृषिमा आकर्षित गर्नका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याएको बताउनु भयो । युबा कृषि ब्यबसायि गौतमलाई २ हजार च्याउको बिउ ५० प्रतिसत अनुदानमा उपलब्ध गराएका उहाँले बताउनु भयो । साथै ब्यबसाय गर्न युबाहरुलाई बिना धितो बिना ब्याज ऋण उपलब्ध गराएको छ ।

Promise Education Consultancy