बागमती प्रदेश सभा बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव ल्याइने

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ। बुधबार बैठक बसेपछि अनिश्चितकालका लागि स्थगित बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दाहाल–नेपाल समूहका सांसदहरुले दवाब दिएपछि सभामुख श्रेष्ठले शुक्रवार १ बजेका लागि बैठक बोलाएका हुन्।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका प्रदेश सांसदहरुले गत पुस १० गते ४५ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

Promise Education Consultancy