मेयर रेनु भन्छिन् : “प्रधानमन्त्रीका असभ्य टिप्पणीले राजनीतिक हिँसा भयो”

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि दुई खेमामा पुगेको  अ‍ोली र नेकपाका अध्यक्ष प्रचण्ड सहभागी हुने पछिल्ला कार्यक्रमहरुमा एक अर्कालाई कटाक्ष गर्दै आएका छन् । प्रधानमन्त्री ओलीका कटाक्ष यति संवेदनशील हुन्छन कि त्यो सुन्न पनि अफ्ट्यारो लाग्छ। त्यस्तै केपी ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सन्तान र नातागोताको विम्ब प्रयोग गर्दै कटाक्ष गर्छन। कतिपय भाषाविदले त ओलीको यस्ता प्रकारको राजनीतिक हिंसात्मक भाषामा आपत्ति जनाउदै आएका छन्। यसै बीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छिन् ।

भरतपुर महानगरकी मेयर समेत रहेकी रेनु दाहालले प्रधानमन्त्रीबाट छोराछोरीको नाममा पटक-पटक भएको व्यक्तिगत र राजनीतिक हिंसाप्रति आपत्ति जनाएकी हुन् ।

उनले उनले प्रधानमन्त्रीलाई सोधेकी छन्- तपाईले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईले के,आफ्नो गुट आसेपासे र साईबर सेनामा भर्ति भएकालाई भन्दा बढ्ता कसलाई के गर्नु भएको छ ?  आफ्नो इच्छालाई त्यागेर जीवनभर जनताको हितमा समर्पित हुनु कमजोरी हो ? भन्दै प्रश्न गरेकी छिन् ।

Promise Education Consultancy