नेकपाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप : १३ जना घाइते, दुई पक्राउ

 

चितवन :  प्रतिनिधिसभा विघटनको विरुद्धमा भोली काठमाडौँमा हुने विरोध सभाको पूर्वसन्ध्यमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले चितवनमा गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको लाठी चार्जबाट १३ जना भन्दा बढी घाइते भएका छन् । साथै यूवा नेताहरु भानु न्यौपाने र विशाल कडेँललाई गिरफ्तार गरेको नेकपा चितवनले जनाएको छ ।

यसैबिच नेकपा चितवनले प्रहरीले हस्तक्षेप गरेको प्रति विरोध जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधान प्रदत्त अधिकार रहेको भन्दै गिरफ्तारी र धरपकड गरेकोमा विरोध जनाएको हो । जिल्ला अध्यक्ष याम बहादुर परियार र सचिव कृष्णभक्तपोखरेलको संयुक्त हस्ताक्षरीत विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्माओलीको प्रत्यक्ष निर्देशनमा यूवाहरुको गिरफ्तारी र धरपकड गरिएको आरोप लगाएको छ । गिरफ्तारीमा परेका आफ्ना यूवा नेताहरुलाई विना शर्त रिहा गर्न माग गरिएको छ ।
No description available.

Promise Education Consultancy