नेकपा परित्याग गरि ३८ जना कांग्रेसमा प्रवेश

चितवन :  नेपाल कम्यूनिष्ट पार्टी नेकपा विभाजनको नजिक पुगेसंगै चितवनको इच्छाकामनामा कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा परित्याग गर्नेहरु बढेका हुन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपाली कांग्रेस वडा नम्बर ४ ले आयोजना गरेको विरोध कार्यक्रममा ३८ जना नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
यस अघि माघ ३ गते मुग्लिनमा भएको गाउँपालिका स्तरीय विरोधसभामा ३३ जना नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए ।

 

आज कांग्रेसले देशै भरका वडाहरुमा लक्षित गरेर बिरोध प्रदर्शन गरेका थिए । पुर्वनिर्धारित कार्यक्रम अन्तरगत चितवनको इच्छाकामना गाउँपालिकाको पनि ७ वटै वडामा विरोध कार्यक्रम आयोजना गरिएको थियो । वडा नं १ को हात्तिवाङ, वडा नं २ को काउँले, वडा नं ३ को कुरिनघाट, वडा नं ४ को इच्छाकामना मन्दिर कुरिनटार, वडा नं ५ को मुग्लिन बजार, वडा नं ६ को ढुङ्ग्रे र वडा नं ७ को पिपलटारमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस इच्छाकामनाले जनाएको छ । नेपाली कांग्रेसले सरकार विरुद्ध प्रदर्शनको लागि इच्छाकामनाका ७ वटै वडामा प्रतिनिधी तोकेर तयारी गरेको थियो। उक्त विरोध सभाहरुमा गाउँपालिका भित्र रहेका विभिन्न तहका नेताहरुले संबोधन गरेका थिए ।

Promise Education Consultancy