‘ओली पार्टीका लागि घाँडो भए, साधारण सदस्यबाटै हटाउँछौँ’

सुर्खेत । सत्तारुढ नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाउने घोषणा गरेका छन् ।

पार्टीको विरोधसभालाई सम्बोधन गर्न सुर्खेत पुगेका नेपालले विरेन्द्रनगरको सभालाई सम्बोधन गर्दै ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि आजैको मितिलेदि हटाउने घोषणा गरे ।

पूर्व एमालेमा ओली घाँडो भएको भन्दै नेपालले अहिले एकीकरणपछिको पार्टीमा पनि ओलीनै घाँडो भएको बताए । अब ओलीलाई पार्टीबाट पन्छाएर नयाँ अभियानमा आफूहरु रहेको उनले बताए ।

Promise Education Consultancy