रत्ननगर ६ मा कांग्रेसले गर्यो संसद विधटन विरुद्ध विरोध

चितवन : केपी ओली नेतृत्वले गरेको अलोकतान्त्र्क प्रतिनिधि सभा बिघठन विरुद्ध नेपाली काँङ्ग्रेसले आज चितवनमा वडा तहमा विरोध प्रदर्शन भएको छ । देश भरका वडामा विरोध गर्ने कार्यक्रम अनुरुप नेपाली काँग्रेस चितवनको आव्हानमा जिल्लाका सात स्थानीय तहका ९८ वटा वडामा बिरोध प्रदर्शनका कार्यक्रम भएको हो। यसै बीच ओली सरकारको असंवैधानिक कदम, सांसद विघटन विरुद्ध काँग्रेस रत्ननगर नगरपालिका ६ मा पनि विरोध कार्यक्रम भएको छ। कार्यक्रममा बोल्ने नेताहरुले सरकारले संसद बिघटन गरेर देशलाई अध्यारो तर्फ धकेलेको आरोप लगाएका थिए। उनीहरुले पार्टी भित्रको विवादका कारण देशलाई बन्दि बनाउन नहुने तर्क गरे।

Promise Education Consultancy