ओलीले संसद भंग गरेर देशलाई गम्भीर संकटमा पुर्याए : नेता शंकर कंडेल

चितवन : नेपाली काग्रेस चितवनका कोषाध्यक्ष शंकर कंडेलले केपी ओलीले संसद भंग गरेर देशलाई गम्भीर संकटमा पुर्याएको आरोप लगाउनुभएको छ । नेपाली काग्रेसको आब्हानमा सरकारको असंबैधानिक कदम , संसद बिघटन ,सर्बसत्ताबाद र भष्ट्राचारको बिरुद्धमा भएको वडा स्तरीय बिरोध प्रर्दशनमा भरतपुर महानगरपालीका वडा नं २५ शुक्रनगरको कोणसभालाई संबोधन गर्दै कंडेलले सरकार सुरु देखि नै तानाशाही बन्दै आएको बताउनु भएको हो। उहाँका अनुसार प्रधानमन्त्री ओलीले जनताको साथ पाउदा पाउदै पनि आन्तरीक लडाई साहना नसकेर देश नै दुर्घटनामा पारेका छन्।
उहाँले अफ्ट्यारो परिस्थितिमा सधै कांग्रेसले मात्र पार लगाउन सकेको भन्दै नेपालमा अबको स्थितिलाई पनि कांग्रेसको नेतृत्वले सम्हाल्न सक्ने दावी गर्नु भयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध आज कांग्रेसले देशका सबै ६ हजार ७४३ वडामा विरोध सभा गर्ने निर्णय गरेको थियो ।
देश भरका वडामा विरोध गर्ने कार्यक्रम अनुरुप नेपाली काँग्रेस चितवनको आव्हानमा जिल्लाका सात स्थानीय तहका ९८ वटा वडामा बिरोध प्रदर्शनका कार्यक्रम भएको थियो ।