प्रतिनिधि सभा बिघटन विरुद्ध नेपाली कांग्रेस चितवनले उतार्यो वडा वडाका सडकमा जनलहर

चितवन : केपी ओली नेतृत्वले गरेको अलोकतान्त्र्क प्रतिनिधि सभा बिघठन विरुद्ध नेपाली काँङ्ग्रेसले आज चितवनमा वडा तहमा विरोध प्रदर्शन भएको छ । देश भरका वडामा विरोध गर्ने कार्यक्रम अनुरुप नेपाली काँग्रेस चितवनको आव्हानमा जिल्लाका सात स्थानीय तहका ९८ वटा वडामा बिरोध प्रदर्शनका कार्यक्रम भएको हो।
बिरोध सभा हुनु अघि वडा वडामा बिरोध प्रदर्शन समेत गरिएको थियो।  प्रत्यक वडामा बिरोध प्रदर्शन पश्चात कोणसभा भएका थिए।   नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार  ९८ वडामा कम्तिमा १ जना महिला सहित ७ जना सम्म जिल्ला नेताले सम्बोधन गरेका थिए । चितवनमा आज करिव ७० हजार नेता कार्यकर्ता बिरोधका लागी सडकमा उत्रिएका थिए।
सरकारले गरेको असंबैधानिक कदमका बिरुद्धमा काँग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । काँग्रेसले जिल्ला, प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह हुँदै वडा तहको प्रदर्शनका कार्यक्रम गरेको हो ।