तनहुँमा दुइ पाकेटमार र लागु औसध गाँजा सहित दुइ जना पक्राउ

तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले आपराधिक क्रियाकलापमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। तनहुँ भानु नगरपालिका वडा नं साजबोटेमा नगद चोरी गरेर भागेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दिउसो साढे १ बजेको समयमा साजबोटेका ६१ को ओम बहादुर तिरुवाको साथमा रहेको सोह्र हजार पचास रुपैया चोरी गरेर भागेका रामघाट ७ सर्लाही घर बताउने ५२ बर्षीय हर्क बहादुर तामाङ र आमभञ्ज्याङ १ मकवानपुर घर बताउने ४७ बर्षीय दोर्जे लामालाई ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

साथै तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ बेलचौतारामा शंकास्पद अवस्थामा हिडिरहेका २ जना लागु औषध गाँजा सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर जिल्ला रौतामाई गाउँपालिका वडा नं ३ बस्ने१९ बर्षीय बिजय राई र जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं १ बस्ने २१ बर्षीय आनन्द के सी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन्। पक्राउ परेका विरुद्ध चोरी मुद्दा शिर्षक र लागु औषध गाँजा मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको छ।