भरतपुरमा सिटी हल निर्माण तीव्र (भिडियो)

चितवन : भरतपुर महानगरपालिकाको गौरवको आयोजना सिटि हल निर्माणले तिब्रता लिएको छ । दुइ हजार सिट क्षमताको सिटिहलको लागी ठेक्का सम्झौता भएसंगै कामले गति लिएको हो ।
गौरवका आयोजनाहरुलाई समयमा नै सकेर विकासलाई तिब्रता दिन भरतपुर महानगरपालिकाले आफ्नो सक्रियतालाई थप तिब्रता दिइरहेको छ । भरतपुर महानगरपालिका १०मा निर्माण भैरहेको सिटिहल मङ्सिर १८ गते बाट निर्माण सुरु भएको थियो ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भैरहेको हलको इण्डो सगुन रौताहा जेभीले निर्माण ठेक्का पाएको छ । ८७ करोड ८८ लाख निर्माण ठेक्का सम्झौतामा काम अघि बढाएको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिनु भयो।
भरतपुर महानगरको गौरवको आयोजना सिटीहल सम्झौता भएको २७ महिना भित्र निर्माण सम्पन्न हुने गरि कामले तिब्रता पाइरहेको प्रमुख दाहालको भनाइ छ ।
“सिटिहल भरतपुर महानगरको प्रतिष्ठा हो। यसको निर्माणको लागि हरेक पक्षको संयोजन महानगरले गरेको छ ।
बहुबर्षीय आयोजना अन्तर्गत बजेटको प्रवन्ध गरिसकेका छौ ।” उहाँले भन्नु भयो, “हामी हाम्रै पालामा सिटिहलको उद्घाटन गरेर भरतपुरको विकासलाई थप उचाईमा पुर्याउन चाहन्छौ । निर्माण प्रक्रियामा कुनै समस्या हुन नदिन हामी प्रतिवद्ध छौ ।”
सिटिहलको अहिले सोलिंग गरेर पिपिसी भइरहेको छ । तोकिएको समयमा सिटिहल निर्माण सम्पन्न गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हल सहित अति विशिष्ठ कक्षहरु निर्माण हुने अर्यालले बताउनुभयो । निर्माणधीन सिटी हल २५ मिटर अग्लो हुने भन्दै अर्यालले सिटी हलमा २०र२० क्षमताको दुई वटा लिफ्ट राखिने बताउनुभयो ।
अन्तर्राष्ट्रिय गुणस्तरको निर्माण सामग्री प्रयोग गरेर सिटी हल निर्माण गरिने भन्दै अर्यालले सिटी हल निर्माणका लागि मङ्सिर १८ गते सम्झौता भएको बताउनुभयो । आगामी २७ महिनाभित्र निर्माण सक्नुपर्ने गरि ८७ करोड ८८ लाख रुपैयाँमा निर्माण सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।
सिटी निर्माण स्थल अवलोकनका क्रममा निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीका प्रमुख सहदेव खड्काले सिटी हलको मुख्य भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढाइएको बताउनुभयो ।
जगमा सोलिङ गरेर पिसीसी को अगाडि बढेको भन्दै आर्थिक तथा स्थानीय रुपमा कुनै समस्या नपरेमा सम्झौता मिति अगाडिनै निर्माण सम्पन्न गर्ने खड्काले बताउनुभयो । सिटी हल निर्माणमा प्रयाग हुने सामग्री गुणस्तरीय राख्नका लागि निर्माणस्थलमा नै रेडिमिक्स प्लान्ट राखेर काम गरिने उहाँको भनाइ छ ।

Promise Education Consultancy