अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा बाइडनले लिए सपथ

एजेन्सी : अमेरिकाको लागि आजको दिन धेरै नै महत्वको रहेको छ । जो बाइडन आज अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । उनले आज राति अमेरिकाकाे ४६ औं राष्ट्रपतिका रूपमा सपथ लिएका हुन् । उनकाे सपथसँगै अमेरिकामा आजबाट बाइडेनको युगको शुरुवात हुने भएको छ ।

जो बाइडेनका साथै उपराष्ट्रपति कमला ह्यारिसले पनि आजै सपथ ग्रहण गरेकी छन् । सपथ ग्रहण कार्यक्रम क्यापिटल हिलमा भइरहेको छ । अमेरिकीका पूर्व राष्ट्रपतिहरु जर्ज बुस, बिल क्लिन्टन, र बाराक ओबामा उक्त समारोहमा सहभागी भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको सपथग्रहण समारोहमा वासिङ्टनडिसीमा मात्रै २५ हजार राष्ट्रिय सुरक्षा गार्डले सुरक्षा प्रदान गरिरहेको बताइएको छ ।

Promise Education Consultancy