कोरोना अपडेट : थप ३१८ जनामा काेराेना संक्रमण, ६ को मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार १२ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ६ पुरुष र १ सय १२ महिला गरी ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ३ सय १८ जनासहित कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । यीमध्ये ३ हजार ६ सय ९३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३ सय ८३ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६२ हजार ६ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । थपिएका ४ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७५ जना पुगेको छ ।

अहिलेसम्म देशभर २० लाख २६ हजार ७ सय २६ जनाको पिसिआर परीक्षण गरिएको छ ।