पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किए ( तस्विर सहित )

चितवन : पुर्वी चितवनको राप्ती नगरपालिका ५ भण्डारा नजिकै स्यार्से पेट्रोल पम्प अगाडि बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । काठमाण्डौबाट काकडभिट्टा जाँदै गरेको ना ७ ख २१११ नम्बरको मकालु बस र पुर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको हो । एक आपसमा बस र ट्रक ठक्कर खादा बसका चालक सहित बसका २ जना घाईते भएका छन् । बसका चालक भने गम्भीर घाईते भएको छ । यता ट्रकतर्फको भने चालक मात्र घाईते भएको छ । दुर्घटना पश्चात ट्रक चालक भने चेपिएको अवस्थमा रहेकोले उद्धारमा केहि ढिलाई भएको थियो । झण्डै ४० मिनेट पछि चेपिएको ट्रक चालकलाई सकुशल उद्धार गरि उपचारको लागि भरतपुर पठाईएको छ । सकुशल उद्धार गरिए पनि ट्रक चालक चेपिएको अवस्थामा रहेकोले खुट्टामा चोट पुगेको हुन सक्ने ईलाका प्रहरी कार्यालय भण्डाराका ट्राफिक सई प्रदानि रामसुधारेले बताए । घाईतेहरु सबैलाई थप उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।