ओलीले नेपालको संविधानमाथि खड्ग प्रहार : नेता लिलामणि

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता लिलामणि पोख्रेलले ओलीले नेपालको संविधानमाथि खड्ग प्रहार  गरेको टिप्पणी गरेका छन् ।                                                नेपाल कम्युनिष्ट पार्टी भरतपुर संघर्ष समितिले सोमबार चौबीसकोठीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै पोख्रेलले भने, खड्गप्रसाद आलीले नेपालको संविधानमाथि खड्ग प्रहार गरेर संसद विघटन गरी अहिले प्रतिगमनको साँघुरो गल्लीमा नेपालीलाई उभ्याएका छन्’  ।                                           सभालाई सम्वोधन गर्दै उनले भने दुईपटक प्रधानमन्त्री भैसक्दासमेत मदन भण्डारीको हत्यारा पत्ता लगाएको खोई ? उनले अझैसम्म पनि मदन भण्डारीको हत्याराको विषयमा कुनै खोजतलास नभएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्।  उनले तत्कालिन समयमा वामदेव गौतमले ओलीलाई मदन भण्डारी हत्याराको आरोप लगाएको समेत बताए ।   ‘वामदेव गौतमले मदन भण्डारीको हत्यारा केपी ओली हो भनेर लगाएको आरोपको भाषण मसंग अझै रेकर्ड छ’ उनले भने, ‘होइन भने केपी ओली दुईपटक प्रधानमन्त्री हुँदासमेत मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?’