बलात्कार नै नक्कली ! फसाउन खोज्ने महिलालाई सजायँ

बेनी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारकी २७ वर्षीया महिलाले गाउँकै एक युवाबाट घरमुनिको खेतमा र पटक–पटक आफू बलात्कृत भएको भन्दै प्रहरी चौकीमा पुगिन् । ३६ वर्षीय युवाले खेतबारी र घरभित्र गरी १२ पटकसम्म जवरजस्ती करणी गरेको भन्दै उनले किटानी जाहेरी दिइन् । घटनाको प्रकृति हेरेर अलमलमा परेको प्रहरीको टोली घटनास्थलमै पुगेर मुचुल्का गरी जाहेरी दर्ता ग¥यो । बरुवाल थरका पुरुष पक्राउ पछि प्रहरीले घटनाको अनुसन्धान अघि बढायो । जाहेरीमा महिलाले पहिलोपटक २०७६ मंसिर १५ गते र अन्तिम पटक ०७६ फागुन १९ गते घरमै आएर बलात्कार गरेको जिकिर गरेकी थिइन् । तर, प्रहरी अनुसन्धानमा बलात्कारको आरोप नै नक्कली देखियो । उजुरी नक्कली भएसँगै अदालतले उल्टै महिलालाई सजायँ तोक्यो ।
छिमेकी जिल्ला मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका वडा नं १ चराङको एक गुम्बामा कार्यरत शिक्षक विरुद्ध घरायसी विवाद र लेनदेनबाट उम्किन बलात्कारको किटानी जाहेरीको पुष्टि भएसँगै जवरजस्ती करणीको आरोप लगाउने युवतीलाई सजाँयको फैसला गरेको छ ।
जिल्ला अदालत म्याग्दीले पुस २३ गते गरेको फैसला अनुसार तीयुवतीलाई १५ दिन कैद र १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ । युवतीले यौनशोषण गरेको बकपत्रमा उल्लेख गरेको र उक्त बकपत्र झूटो भएको ठहर गर्दै अदालतले फैसला गरेको हो । सजायँ फैसला भएकी यूवतीका श्रीमानले समेत गलत सूचना दिएर आफन्तलाई फसाउन खोजेको भन्दै अदालतमा बयान दिएका थिए । जवरजस्ती करणीको प्रतिवादीको तर्फबाट अधिबक्ता चिरञ्जीवि शर्मा र अभिवक्ता ठाकुरप्रसाद आचार्यले बहस गरेका थिए । प्रतिवादीलाई बरुवाललाई मुलुकी अपराध संहिता २०७४ दफा २१९ अनुसार ७ देखि १० वर्षसम्म सजाय मागदावीसहित मुद्धादर्ता गरिएको थियो । आरोपीको स्वास्थ्य चेकजाँचको क्रममा हेपाटाईटिस ‘बि’ रोग देखिएपछि सरुवा रोग भएको थाहापाउँदा पाउँदै करणी गरेको भन्दै सरकारी वलिक कार्यालयले थप ३ बर्ष कैद र तीस हजार रुपैयाँ जरिवानाको मागसमेत गरेको थियो ।
जिल्ला अदालतका अनुसार पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २, खण्ड (क) अनुसार फैसला भएको हो । दफा ४४ (२) मा ‘सबुत प्रमाण वा उजुरीका आधारमा अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सबुत वा प्रमाण झुटा वा बनावटी देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी आफ्नो कारबाही अगाडि बढाउन सक्ने’ उल्लेख गरिएको छ । उपदफा २ को खण्ड (क) माझूटो कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्रगर्ने साक्षीलाई तीनमहिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ गर्न सकिने, तर तर त्यसरी सजायँ गर्दा कसूरदार लाई हुने सजायको आधा भन्दाबढी कैद वा जरिवाना गर्न नसकिने उल्लेख छ । म्याग्दी जिल्लामा बिना कसुर फसाउन खोज्नेमध्ये चारवटा घटनामध्ये जवरजस्ती करणीमा पहिलोपटक जायरी दरखास्त दिएकी युवतीलाई नै सजायँ तोकिएको हो ।
यसरी भयो झुटको पर्दाफास
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणधिन अवस्थामा रहेको २२० केभीए क्षमताको दाना–खुर्कोट सब स्टेशन र प्रसारण लाइनको मुआब्जा बापतको क्षर्तीपूर्तिमा जायरवालीसँग प्रतिवादी की श्रीमतीको विवादभएको थियो । जायरवालीका श्रीमानले अदालतमा दिएको लिखित बयानमा मुआब्जा बापतको ३२ लाख ६५ हजार रुपैयाँको विवादमा सासुलाई सघाएको आरोपमा जवरजस्ती करणीको मुद्धामा फसाउने प्रयास गरिएको देखिन्छ । श्रीमतीले भिनाजु नाता पर्नेलाई बलात्कारको झूटो कथा रचेका समेत अन्तिम समयमा जानकारी पाएको उनले बताए । मुआब्जा बापतको आधा रकम जायरवालीका श्रीमानलाई दिएको र आधा रकम सासुले राखेकी थिइन् । सबै रकम पाउनुपर्ने माग गरेपनि सासुलाई सघाएको भन्दै जेल हाल्ने धम्की दिदैं आएकी थिईन् । त्यस्तै जायरवालीले गाउँमा जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा दर्ता गरेको जायरीको मितिमा प्रतिवादी मुस्ताङ, पोखरा र बेनीबजारका रहेको तथ्यसमेत फेला परेको थियो । पछिल्लो समय मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको गलत व्याख्या र दुरुपयोग गर्दै महिलाले पुरुषहरुलाई फसाउने गरिरहेको पछिल्ला केहीघटनाबाट पुष्टिहुने गरेको अवस्थामा तथ्य र प्रमाण भएमा निर्दोष नफस्ने कानुन व्यवसायी ठाकुरप्रसाद आचार्यले बताए । उनले सहमतिमा सम्पर्क गर्ने र पछि बलात्कार भयो भनेर करणीको उजुरी गर्ने घटना बढिरहेको अवस्थामा पछिल्लो घटनाले न्यूनिकरणमा समेत सघाउने बताए । ‘फेक’ बलात्कारका घटनाले समाजलाई दुर्गन्धित बनाउने उनको भनाई छ ।