बहुमतवाला पार्टी र प्रधानमन्त्रीले सरकार चलाउनै पर्ने हो ?

काठमाडौं । संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ भइरहेको छ । आजको सुनुवाइमा रिट दायरकर्ताको तर्फबाट अधिवक्ताहरुले बहस गरेका छन् ।

आजको बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र भीमार्जुन आचार्यबीच सवालजवाफसमेत भएको छ । आचार्यले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकारनै नभएको बातएपछि सवालजवाफ भएको हो ।

प्रधानन्यायाधीश जबराले बहुमत प्राप्त दलले र त्यसले छानेको प्रधानमन्त्रीले सरकार बनाउनै पर्ने हो भन्दै आचार्यलाई प्रश्न गरेका छन् । उनीहरुले नचाहेको खण्डमा पनि सरकार चलाउनै पर्ने भन्ने उनको पश््रन छ ।