शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको ‘ब्रिफिङ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । आइतबार ओली शीतलनिवास पुगेका हुन् ।

समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्ने प्रचलनअनुसार ओली शीतलनिवास पुगेका बताइएको छ । तर, भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।

यसअघि पनि सत्तारुढ पार्टी नेकपामा आफू अफ्ठेरोमा परेको समयामा अ‍ोली शीतलनिवास पुगिरहेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ सुरु हुनुअघि भएको प्रधानमन्त्री र राष्ट्रपतिको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।