जनगणनामा बोनधर्म लेख्ने लेखाउने अभियान तीव्र पार्दै तमु प्ये ल्हु संघ चितवन

 

चितवन :  तमु प्ये ल्हु संघ चितवनले राष्ट्रिय जनगणनामा गुरुङको मौलिक धर्म बोन लेख्न र लेखाउन गाउँगाउँमा चलाएको अभियानलाई थप तिव्र पारेको छ। राष्ट्रिय जनगणनाको मिति नजिकिएसँगै संघले चितवनको गाउँगाउँमा सो अभियानलाई तीव्र रुपमा सञ्चालन गरेको हो।

संघले शुक्रबार र शनिबार २ दिनमा चितवनका ४ वटा गाउँमा गुरुङ समुदायको मौलिक वोन धर्म सम्बन्धि प्रशिक्षण दिईएको संघका सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो। सचिव गुरुङका अनुसार पछिल्लो २ दिनमा संघले पूर्वी चितवनको माधवपुर, खैरेटी, गैरिवारी र शक्तिखोर दोवरामा अभियान चलाइएको थियो।
सो अभियानमा तमु प्ये ल्हु संघ चितवनको नेतृत्वमा संघको महिला समिति, युवा समिति लगायतको सहभागीता रहेको छ।

Promise Education Consultancy