रत्ननगरमा खुल्यो आधुनिक कृषि सहकारी

चितवन : पूर्वी चितवनको रत्ननगरमा कृषि सामाग्री विक्री केन्द्र उद्घाटन भएको छ । आधुनिक कृषि सहकारी संस्थाले कृषि ज्ञान केन्द्र र मुक्तिनाथ कृषि कम्पनीसंग सहकार्य गरी सो केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको उद्घाटन गर्दै कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले कृषि उत्पादनको बजारिकरण र उपभोक्ताको हित संरक्षणको लागि केन्द्रले प्रदान गर्ने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

विचौलिया बजार प्रणालीका कारण किसानले उत्पादनको मुल्य पाउन नसकेको भन्दै उनले विचौलीया बजार प्रणालीको अन्य गर्न सहकारी बजार प्रणालीको विकास आवश्यक रहेको बताए । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले कृषिको माध्यमबाट मुलुकको आर्थिक विकास सम्भव रहेको भन्दै कृषि र पर्यटनको विकासमा निजी क्षेत्रले सहकार्य गर्ने बताए । चक्लाबन्दी र सामुहिक खेती प्रणालीको विकासको लागि रत्ननगर उद्योग बाणिज्य संघ सरकारसंग सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

सो केन्द्रबाट किसानलाई आवश्यक पर्ने आधुनिक उपकरण,मल,बीउविजन,पशुआहार,भेटेरेनरी सेवा प्रदान गर्ने सहकारीका अध्यक्ष वेप्रसाद आचार्यले जानकारी दिए । परम्परागत खेती गरिरहेको किसानलाई व्यवसायिक खेती गर्न प्रेरित गर्ने र व्यवसायिक खेती गरिरहेका किसानलाई आधुनिकीकरण गर्न सहकारीले केन्द्र सञ्चालनमा ल्याएको बताए । कार्यक्रममा वडाध्यक्षहरु केशव आचार्य,तिलकराज शर्मा पौडेल,सहकारीका सञ्चालक सदस्य हेमराज आचार्य लगायतले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy