१८ लाख जरिवाना तोकीएका फरार अभियुक्त पक्राउ

चितवनः जिल्ला अदालत चितवनले फैसला कार्यान्वयनका क्रममा रत्ननगर नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर १ का ३९ वर्षिय प्रेम महतो चौधरी रहेका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले वि. सं. २०७३ साल भदौ २३ गते चोरीको अभियोगमा रु १८ लाख ९९ हजार ५ सय २५ जरिवाना तोकेको थियो । जरिवाना तोकेका चौधरी फरार भएका थिए । अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार फैसला कार्यान्वयन पूर्णकालिन समुह(दस्ता)ले चौधरीलाई रत्ननगरबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका उनलाई कारागार कार्यालय चितवन पठाइएको छ ।

Promise Education Consultancy