प्रधानमन्त्री ओलीसंगै प्रचण्ड र माधव पनि दोषी : काँग्रेस नेता महेश

अनिता अर्याल, चितवन : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले संसद विघटन हुनुमा प्रधानमन्त्री ओलीसंगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको आरोप लगाएका छन । नेपाली काँग्रेस रत्ननगर नगर समितिले शनिवार यहाँ आयोजना गरेको विरोध कार्यक्रममा उनले ससद् विघटन जस्तो संबैधानिक अपराधको दोषी ओली मात्र नभइ प्रचण्ड र माधव नेपाल पनि भएको बताए ।

सत्ता लुछाचुडीका कारण प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भन्दै उनले असंबैधानिक कु को जिम्मेवार प्रचण्ड र माधव नेपाल भएको बताए । प्रधानमन्त्रीलाई बलियो बनाएर पार्टीलाई छायामा राख्ने काम प्रचण्ड र माधन नेपालले गरेका हुन उनले भने संसद् विघटन ओलीले मात्र गरेर भएको होइन,प्रचण्ड र माधव नेपाल पनि उत्तिकै दोषी हुन । यो अपराधको दोष सिंगो नेकपाले दिनुपर्ने भन्दै उनले ओली मात्र यसको दोषी होइनन् ।

संविधान माथी प्रधानमन्त्रीले गरेको आक्रमणको विरोधमा काँग्रेस सड्कमा आएको भन्दै उनले संसद् पुनस्र्थापना नभए सम्म संघर्ष जारी राख्ने बताए । जनताको विश्वास माथी खेलवाड गरिएको भन्दै नेता आचार्यले कुनै दललाई बल प्रदान गर्न नभइ जनतालाई साथ दिन काँग्रेस सडकमा आएको बताए । सभा सुरु हुनुभन्दा पूर्व काँग्रेसले रत्ननगरमा विरोध ¥याली निकालेको थियो । ¥यालीमा सहभागीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सहसचिव सुर्य सुर्य अर्याल,नगर सचिव सीतादेबी शर्मा रेग्मी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अर्का नगर सचिव देबेन्द्र बहादुर भूजलले सञ्चालन गरेका थिए ।

Promise Education Consultancy