विद्युत कटौती आज हुने, काठमाडौँका यी हुन् २१ स्थान

 

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आज पनि काठमाडौँका विभिन्न २१ स्थानमा विद्युत कटौती गर्दैछ । मर्मतको काम गर्नुपर्ने भएकोले  बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट वितरित २१ स्थानमा विद्युत कटौती हुने छ ।

महाराजगञ्ज वितरण केन्द्रका बसुन्धरा, मित्रनगर, गोंगबु गणेशस्थान, बसपार्कलगायतका क्षेत्रमा बिहान ७ बजे नै विद्युत कटौती भइसकेको छ ।

यस्तै भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोकलगायतका क्षेत्रमा मध्यान्ह १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ ।

सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा, मोड, रेडियंट स्कुललगायतका क्षेत्रमा भने बिहान ११ बजेदेखि १ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् प्राधिकरणको सूचना