प्रेसिडेन्सि कलेजमा उद्यमशीलता सम्बन्धि कार्यशाला संचालन

चितवन : प्रेसिडेन्सि कलेजमा एमबिए तेस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थीहरुको ७ दिने उद्यमशीलता सम्बन्धि कार्यशाला संचालन गरि बिजनेस सोकेश (ब्यबसाय प्रस्तुतीकरण) गरिएको छ।

स्थानिय समस्याहरुको खोजि, ब्यबसायिक सम्भावनाको पहिचान, उपयुक्त ब्यबसायिक मोडेल निर्माण र सो को पहिलो प्रारूप (डेमो) प्रस्तुति जस्ता क्रियाकलाप यस कार्यशालामा समाबेस गरिएको थियो।

बिद्यार्थीहरु ले स्थानिय स्रोत – साधन र सिप प्रयोग गरिने अचार, दुध तथा मासु जस्ता क्षेत्र मा नयाँ सम्भावनाका योजना देखि सूचना प्रबिधि, सुरक्षा, आर्ट, सिप सिकाई, फिटनेस, खाद्य, केयेर सेन्टर र रिएल स्टेट सम्बन्धि स्टार्टअप (नव प्रबर्तन) को ब्यबसायिक योजना र तिनको प्रथम प्रारूप (डेमो) प्रस्तुति गरिएको थियो। कार्यशालामा कुल २६ वटा नव प्रबर्तन प्रस्तुत गरेका थिए।

कार्यशालाको सहजीकरण स्विस क्नट्याक्ट नेपाल का स्टार्टअप तथा नबिनता सहयोग विषेश अनिल पराजुली र अन्तर्प्रेरणा प्रा. लि. का कार्यक्रम ब्यबस्थापक नारायणी गाहा ले गर्नु भएको थियो।

एमबिएमा अध्यानरत बिद्यार्थीहरु बीचमा उद्यमशीलता विकास होस् र ब्यबसायिकता बिकाश गर्न सकियोस भन्ने उद्देश्यले सो कार्यशाला को आयोजना गरिएको थियो।

यस्ता कार्यक्रम ले बिद्यार्थी लाई ब्यबसायिक बन्न र समस्याका नबिन समाधान खोज्न सहयोग गरेको कार्यक्रम मा सहभागी बिधार्थी तथा सीता देवी बिल्डर्स तथा डेभलपर्स प्रा. लि. का श्रीशान्त कोइराला ले बताउनु भयो। त्यस्तै स्थानिय बस्तु तथा सिप प्रयोग गरि, महिला हरु को उद्यमशीलता मा सहयोग गर्ने सोच का साथ सुरु गर्न लागिएको “दिदि बहिनि अचार” को ब्यबसायिक योजना लाई थप प्ररिस्कृत बनाउन सहयोग गरेको सस्थापक अनिता थापा ले बताउनु भयो।

उक्त कार्यक्रम मा प्रस्तुत गरिएको ब्यबसायिक योजना लाई थप अगाडी बढाउन चाहिने इन्कुबेसन सहयोगहरु प्रेसिडेन्सि बिजनेस इन्कुबेसन सेन्टर र अन्तर्प्रेरणा प्रा लि ले गर्ने छन्। र, यस्तै कार्यशाला हरेक ६ / ६ महिना मा गरिने छ।

साथै स्थानिय नब प्रबर्तन स्टार्टअप र यसै कलेज का बिद्यार्थी “मेरो किनमेल” का सन्तोष कंडेल ले आफ्नो अनुभव बिद्यार्थी हरु का बीच मा आदान प्रदान गर्नु भएको थियो ।