तत्काल निर्वाचन सम्भव छैनः महामन्त्री कोइराला

 

चितवनः नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तत्काल निर्वाचन हुन नसक्ने बताउनु भएको छ । पत्रकारहरु संग आज यहाँ कुराकानी गर्नुहुँदै उहाँले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाए सम्म निर्वाचन हुन नसक्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो “निर्वाचन हुनका लागि नेकपा फुटेको निर्वाचन आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनु पर्छ ।” यहि अबस्थामा गए बैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उहाँको भनाई थियो ।

सरकारले गरेको असंबैधानीक निर्णयको बिरुद्धमा काङ्ग्रेस सडकमा आएको बताउँदै उहाँले भन्नुभयो “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा काङ्ग्रेस छैन ।” काङ्ग्रेसले स्वतन्त्र रुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उहाँको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै उहाँले अहिले काङ्ग्रेस सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले तीन वर्ष छ महिना सम्म केही गर्न सकेन । त्यसको अबजस लिन काङ्ग्रेस सरकारमा जाँदैन ।”

Promise Education Consultancy