संवैधानिक इजलासमा उठ्यो प्रधानमन्त्री र न्यायाधीश बीच भेटबारे प्रश्न

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार जना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको विषयमा संवैधानिक इजलासमै प्रश्न उठेको छ । यसबारे इजलासमा सवाल जवाफ नै भएको छ । शुक्रबार संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेका बेला सांसद शशी श्रेष्ठले इजलासमै पुगेर यसबारे प्रश्न गरेपछि प्रधानन्यायाधीश रााणासँग सवालजवाफ भएको हो ।

रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दीपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको कुरा आएको बताइन् । ‘न्यायालय स्वच्छ र निश्पक्ष होस् भन्ने चाहना हो । तर यो के हो ?,’ श्रेष्ठको प्रश्न थियो ।

श्रेष्ठले यस्तो बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘त्यस्तो कुरा नगर्नुस्, भयो अब नकराउनुस् भन्दै रोकेका थिए । तर उनले फेरि थप बोल्दै भनिन्, ‘यो आचारसंहिता विपरित हो । जनताले न्यायाधीशहरुमाथि प्रश्न उठाउनेछन् ।’