चितवनमा अचानक आयो भुकम्प, खटियो सेनाको नम्बर २ गण ! (हेरौँ फोटो र भिडियो)

चितवनः जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना एबं सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको सह आयोजनामा २३ औं भूकम्प सुरक्षा दिवसको अबसरमा प्रदर्शनी गरिएको छ । भूकम्पमा परेका व्यक्तिहरुलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा नाटक सहित उद्धारका लागि आबश्यक सामाग्रीहरुको प्रदर्शनी गरिएको हो ।

नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीले आज भरतपुरको गेष्टहाउस चौरमा प्रदर्शनी गरेको हो ।  अचानक भूकम्प आएमा त्यसले पु¥याएको क्षतिबारे जानकारी गराउँदै उद्दारको अभ्यास गर्न सहजता पु¥याउने उद्देश्यले पूवअभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो । जिल्लामा भौतिक संरचना बढ्दै गएका र ठूला संरचनाहरु निर्माणको क्रम तीव्र भएका भन्दै बस्तीको विकाससँगै खुला स्थानहरु समेत राख्नुपर्नेमा भट्टराईले जोड दिनुभयो । सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भूकम्प थाहा दिएर नआउने भएकाले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । भूकम्प आएमा तत्काल सुरक्षित स्थानमा जानुपर्ने भन्दै डल्लाकोटीले आफ्ना अत्यावश्यक कागजपत्रहरु तत्काल लिएर निस्कनमिल्ने गरी सुरक्षित स्थानमा राख्नुपर्ने बताउनुभयो । भूकम्प आएको अवस्थामा आत्तिर भाग्नुभन्दा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नेबारे सचेत हुनुपर्ने उहाँको भनाइ थियो । जनमानसमा भूकम्प सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्षको माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।

तस्वीर : विकास वस्तोला /सौराहा अनलाईन