एक खतरनाक स्थान, जहाँ सय बर्षदेखि कुनै पनि मानिस पुगेको छैन (फोटो फिचर)

एजेन्सी : विश्वमा त्यस्ता कैयौं स्थान छन, जहाँ मानवीय उपस्थिति छैन । त्यस्ता स्थानहरु निकै रहस्यमयी पनि मानिन्छन । यहाँ त्यस्तो एक स्थानका बारेमा जानकारी दिन खोजिएको छ कि, जुन स्थानमा विगत सय बर्षदेखि कुनै पनि मानिस बसेको वा गएको छैन ।

फ्रान्सको उत्तरपूर्वी क्षेत्रमा रहेको ‘जोन रोग’ नामक स्थानमा विगत एक शताब्दीदेखि मानवीय आवादी छैन । यस क्षेत्रमा कुनै ब्यक्तिलाई जानका लागि पनि प्रतिबन्ध लगाइएको छ । यतिसम्मकी कुनै जनावरहरुलाई पनि त्यहाँ जान दिईंदैन ।

जोन रोगका विभिन्न स्थानमा डेन्जर जोनको बोर्ड लगाइएको छ । फ्रान्स सरकारले यो स्थानलाई देशका अन्य स्थानहरुबाट अलग बनाउँदै पूर्ण रुपमा प्रतिबन्धित क्षेत्र घोषणा गरेको छ । यो स्थान रेड जोनको नामबाट पनि प्रख्यात छ ।

पहिलो विश्वयुद्ध भन्दा अघि यो स्थानमा ९ वटा गाउँ थिए । त्यसबेला मानिसहरु यो स्थानमा खेती किसानी गरेर जीवन यापन गर्थे । तर प्रथम विश्वयुद्धमा यो स्थानमा अत्याधिक संख्यामा बम र गोला बारुदको अधिक प्रयोग भएको थियो । त्यस कारण यो क्षेत्रका सबै मानिसहरु मारिए भने यो पुरै क्षेत्र तहस नहस भयो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार यो क्षेत्र रशायनिक युृद्ध सामाग्रीले भरिभराउ रहेको छ । कुल ४६० बर्ग माइल क्षेत्रफल रहेको यो स्थानको पुरै भू–भाग विषाक्त बनेको छ । जसका कारण यहाँको पानी पनि विषालु पदार्थमा परिणत भएको छ । त्यसैले यहाँ जान फ्रान्स सरकाले प्रतिबन्ध लगाएको एटसल अब्स्कुराले जनाएको छ ।

सन २००४ मा यहाँको माटो परीक्षण गरिएको थियो । त्यसक्रममा अत्यधिक मात्रामा आर्सेनिक तत्व पाइएको थियो । आर्सेनिक त्यस्तो विषालु पदार्थ हो, जसको थोरै अंश पनि मानव शरीरमा पुग्यो भने केही घण्टामा मानिसको मृत्यु हुन्छ ।