प्रचण्ड-माधव समूहले घोषणा गर्यो प्रतिगमनका विरुद्ध संघर्ष समिति

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले प्रतिगमनका विरुद्ध संघर्ष समिति काठमाडौंको घोषणा गरेको छ । केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज सावित्रा भुसालको संयोजकत्वमा १ हजार ५ सय ७६ सदस्यीय जिल्ला संघर्ष समिति घोषणा भएको हो ।

संघर्ष समितिमा प्रचण्ड-माधव पक्षका काठमाडौंको प्रतिनिधित्व गर्ने १० जना केन्द्रीय सदस्यहरुसहित प्रदेश, जिल्ला र स्थानीय तहको नेताहरु समेटिएका छन् । काठमाडौं जिल्ला भेलाले समितिलाई अनुमोदनसमेत गरेको छ ।