प्रचण्डले फेरि भने, ‘ सूर्य नपाए आँधीहुरी आउँछ’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु आधिकारिक नभए र सूर्य चिन्ह आफूहरुले नपाए आँधीहुरी आउने दोहोर्याएका छन् । प्रचण्डमाधव समूहको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले आफूसँग विधिबमोजिम हुने बताएकाले आफुहरु आधिकारिक हुने बताएका छन् । अहिलेको अवस्थामा सूर्य चिन्ह आफूहरुले नपाए देशमा आँधीहुरी आउने बताए ।

अहिले गणतन्त्र एम्बुसमा परेको र त्यसको उद्धारका लागि आफूहरु एकढिक्का भएर लाग्ने बताएका छन् । प्रचण्डले ओली तानाशाह बन्ने बाटोमा रहेकाले अब उनीसँग कुनै अपेक्षा नरहेको पनि बताए ।