अचम्मको परम्पराः जहाँ जिउँदै मानिसलाई गाडिन्छ, विवाह जसरी खुशी मनाइन्छ

काठमाडौं । विश्वका सबै देशमा आ आफ्नै संस्कार र संस्कृति हुन्छ । तर जिउँदै मानिसलाई जमिनमा गाडिन्छ भन्दा अचम्म लाग्न सकिन्छ । यो प्रथा क्युबामा छ । क्युबामा यो परम्परालाई बूजी फेस्टिबलका रुपमा चिनिन्छ ।

यो परम्परामा ज्युँदै मान्छेलाई जमिनमा गाड्ने गरिन्छ । यसमा कुनै एक मानिसलाई काठको बाकसमा राखिन्छ र उनीलाई पुरै शहरको सडकमा घुमाइन्छ ।

बाकसलाई पछाडि आफन्त साथीभाई धेरै हुन्छन् । उनीहरु नशाको तालमा नाच्दै, गाउँदै र बजाउँदै झुमुदै हिडिरहेका हुन्छन् । यति मात्रै कहाँ हो र एक महिला सेतो लुगा लगाएर विधवा समेत बनेकी हुन्छिन् ।

क्युबामा यो परम्परा पछिल्लो ३० वर्षदेखि मनाउने चलन छ । खाश त यो एक जिउँदो मान्छेलाई गाड्ने परम्परा हो तर मानिसहरुलाई देख्दा यस्तो लाग्छ यो एउटा विवाह हो । एजेन्सी