हाम्रो त्यागमा आएको गणतन्त्रको चिरहरण गर्ने ओली तानाशाह हुन् : अष्टलक्ष्मी शाक्य

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहको नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएकी छन् । प्रचण्डमाधव समूहको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै शाक्यले ओली तानाशाह भएको बातइन् ।

शाक्यले आफूहरुले त्याग र आन्दोलन गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री ओलीले हमला गरेको भन्दै उनी अहिलेको तानाशाह भएको बताइन् । शाक्यले ओली समाजवादको विरुद्धमा उभिएको आरोप लगाइन् ।

ओलीको प्रतिगमनविरुद्ध निर्णयक आन्दोलनमा सम्पूर्ण काठमाडौं जुरुक्क उठ्ने भन्दै उनले काठमाडौंका जनता तानाशाह र गणतन्त्रको विरोधीको साथमा नहुने दावी गरिन् ।