नेकपा (प्रचण्ड–माधव समूह) को कार्यकर्ता भेला जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहको कार्यकर्ता भेला कमलादीमा जारी छ ।

काठमाडौ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रमुख वक्ता छन् ।

प्रदेशस्तरीय भेला तथा प्रशिक्षण चलाएको प्रचण्ड–माधव समूहले आज पनि कार्यकर्ता भेलालाई निरन्तरता दिएको हो । सो समूहले यसअघि ६ वटै प्रदेशमा प्रदेशस्तरीय भेला र प्रशिक्षण गरिसकेको छ।

हिजो प्रचण्ड–माधव समूहले प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।