प्रमोद खरेलको उजुरी, बिन्दवासिनी म्युजिकका सञ्चालक पक्राउ

काठमाडौं । बिन्दवासिनी म्युजिक प्रा.लि.का अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा उनी पक्राउ परेकी हुन् ।

गायक प्रमोद खरेलको नेतृत्वमा कलाकारहरुले आइतबार महानगरीय प्रहरी परिसरमा उनकाविरुद्ध मुद्दा दर्ता गराएका थिए । परिसरले उनलाई आज पक्राउ गरेको हो ।