महानगरीय प्रहरी वृत्तको सक्रियता : मोटरसाइकल चोर्ने गिरोह पक्राउ

विनोद श्रेष्ठ, भक्तपुर  : महानगरीय प्रहरी वृत्त ठिमीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी ऋषिराम कंडेलका अनुसार मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी प्रभाग, सिरुटार अगाडि सडक खण्डमा चेक जाँच गर्ने क्रममा राजन लामाले चलाएको बा ९५ प ६४०५ नम्बरको कालो रातो रंगको २२० सि.सि.को मोटर साईकल चेक जाँच गर्दा उक्त मोटरसाईकलको कागज पत्र नभएको र सोधपुछ गर्दा चोरी भएको पाइएपछि लामा पक्राउ परेका हुन्। चोरीमा संलग्न भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं.१ बिरुवा स्थित बिन्दबासिनी वर्कसपका संचालक सुनिल तामाङ र पप्पु पटेललाई समेत प्रहरीले पक्राउ गरेको छ।

साथै प्रहरीले आफ्नो सक्रियता बढाए संगै भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.२ फर्सिङटारबाट १३०० लिटर कच्चा पदार्थ, तुम्बामा प्रयोग हुने ३० पाथी बराबरको पलाष्टिकमा प्याक गरेको ७० प्याकेट कोदो, १५० के.जि.छ्याङ बनाउने चामलको कच्चा पदार्थ घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।

अबैध घरेलु मदिरा बनाउन प्रयोग भएको सिल्भरको भाडा सहित ६ थान, सिलिण्डर २ थान, ग्यास चुलो १ थान सामाग्रीहरु बरामद गरी आवस्यक कारवाही अगाडी बढाएको डिएसपी ऋषिराम कंडेलले जानकारी दिए।