अचम्म ! बोकाले दिन थाल्यो दूध

काठमाडौं : बोकाले दूध दिन्छ भन्ने सुन्दा जो कोहीलाई पनि पत्याउन कठिन हुन्छ । तर यो तथ्य नपत्याई सुखै छैन । घटना भने नेपालको नभएर भारतको राजस्थानस्थित धौलपुर जिल्लाको हो ।

जहाँ एक बोकोले दूध दिएपछि सबै अचम्मित बनेका छन् । अचम्म त यो छ की बोकाको दूध दोहोर मालिकले पिउने गर्छन् ।

त्यो बोको हरेक दिन दूध दिन्छ । आधा लिटर दूध दिने भएकोले परिवारका सबै दूध पिउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार १६ महिना पहिला राजवीर नामका एक व्यक्तिले यो अनौठो बोकालाई बजारमा भारतीय ढाई हजार रुपैयाँमा किनेका थिए ।

किनेर ल्याउँदा यो बोको भएको तर १० महिना पछि यसमा परिवर्तन देखिएको राजीव बताउँछन् । फेरी यसले दूध दिएपछि उनी हैरान भए । त्यसपछि उनले डाक्टरलाई देखाए । डाक्टरले पनि बोकाले दूध दिएको देख्दा हैरान भए । पशु चिकित्सकले भने यस्तो घटना हर्मोनका कारण हुने बताएका छन् । एजेन्सीको सहयोगमा