एलियनले पृथ्वीमा फोहोर फ्याँकिरहेको हावर्डका प्रोफेसरको दाबी

 

एजेन्सी । धर्ती भन्दा बाहिर जीवको अस्तित्वका बारेमा विभिन्न अनुमानहरु बाहिर आउने गरेका छन् । अन्तरिक्षबाट एक ठैलो पिण्ड धर्ती तर्फ आइरहेको र धर्ती खतरामा रहेको भन्दै अफवाहहरु पनि फैलाउने गरेको हामीले विभिन्न सञ्चार माध्यमहरुमा पढ्ने र सुन्ने गरेका छौं ।

अब भने हार्वर्ड बिश्वबिद्यालयका का एक प्रोफेसरले नै यस विषयमा दाबीका साथ एलियनको अस्थित्व र उसैका कारण धर्तीमा विभिन्न प्रकारका उल्का पिण्ड बर्षिरहेको बताएका छन् । उनले एलियनले फोहोरको रुपमा ती पिण्डहरु धर्ती तिर फ्याँकिरहेको दाबी गरेका हुन् ।

हार्वर्ड विश्वविद्यालयमा एस्ट्रोनोमी डिपार्टमेन्टका प्रोफेसर अभि लियोबले धर्ती तिर आइरहेका चम्किला पिण्डहरु एलिइनले फ्याँकेका फोहोर मैला भएको बताए । उनले यसप्रकारको फोहोर मैला अन्तरिक्षमा फैलिँदै गएको बताएका छन् ।

प्रोफेसर लोएबले सन् २०१७ मा एलियनहरुले एक अन्तरिक्षका फोहोर फ्याकेको दाबी गरे । उनले यसबारेमा आफ्नो पुस्तक Extraterrestrial: The First Sign of Intelligent Life Beyond Earth मा लेखेका छन् । अन्तरिक्षमा यस प्रकारको फोहोरले हाम्रो सौर्य मण्डलको यात्रा तय गर्यो त्यतिखेर हामी त्यसलाई चम्किला पिण्डका रुपमा बुझिरहेको पनि उनको दाबी छ ।

“ ६ सेप्टेम्बर सन् २०१७ मा एक बस्तु ताराबाट निस्कियो । यो तारा धर्तीबाट २५ प्रकाश वर्ष टाढा छ । यो हाम्रो सौर्य मण्डलमा पस्यो र ९ सेप्टेम्बरमा सूर्यको नजिक भएर गयो । यही वस्तु शुक्र ग्रहको नजिक भएर ९४७९० किलोमिटर प्रतिघण्टको गतिमा गयो । यसपछि यो पेगासस नक्षत्र नजिक हुँदै गायब भयो । ७ अक्टुबर फेरि यही पुनः पृथ्बीमा परिक्रमा गर्दै गायब भयो,” उनले भने ।

अन्तरिक्षबाट आएको यसप्रकारको वस्तुको नाम ओउमुआमुआ हो । यो ३०० फिट लामो चट्टान जस्तो देखिने बस्तु हो । यो पहिलो यस्तो अन्तरिक्ष यात्री हुन् जो अन्तरिक्षमा भएका कुनै अर्को दुनियाँबाट आएर हाम्रो सौर्य मण्डलको चक्कर लगाएर पुनः फिर्ता भएको होस् । केही वैज्ञानिकहरु यस प्रकारको बस्तु हाम्रो सौर्य मण्डलमा आएपछि सूर्यको गुरुत्वाकर्षण शक्तिले पनि काम नगरेको मान्छन् ।

प्रोफेसर लोएब भन्छन्, “यदि गुफामा बस्ने मानिसलाई मोबाइल देखाइदियो भने के सोच्छन् होला ? मैले पुरै जीवन अन्तरिक्षमा आउने चट्टानहरुको अध्ययन गरेँ तर यसप्रकारको चम्किला चट्टानलाई हेर्दा यी सामान्य ढुंगामात्र होइन ।”

उनले आफ्नो पुस्तकमा लेखेका छन्– ओउमुआमुआ आफ्नो चौडाई भन्दा १० गुण धेरै लामो छ ।यो धेरै दुर्लभ छ र हामीले आजसम्मको इतिहासमा जति पनि एस्टेरायड वा अन्तरिक्षबाट आउने उल्का देखेका छौं, ओउमुआमुआ एकदम त्यस्तो भने छैन ।

प्रोफेसर लोएबले ओउमुआमुआको ज्योमेट्री अन्य अन्तरिक्ष पिण्डसँग नमिल्नुका साथै बढी चम्किला भएको बताउँछन् । उनी हाम्रो सौर्य मण्डलमा देखिने उल्का पिण्डभन्दा यसले १० गुणा प्रकाश परिवर्तित गर्दछ ।