चितवन आउदै गरेकाे बस हेटौंडामा दुर्घटना, १ काे मुत्यु, ९ घाईते

हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा शनिबार दिउँसो  भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा लम्जुङका अन्दाजी ३०।३२बर्षीय हरी गौली रहेको र उनको उपचारको क्रममा हेटौँडा अस्पताल मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले प्रष्ट खबरलाई बताएका छन्।

हेटौँडा बाट यात्रु बोकेर चितवन तर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।उक्त दुर्घटनामा ९ जना घाइते भएको र केही घाइते हेटौँडा अस्पताल र केहीको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।