चितवनमा चन्द्र ढकाल विशेष सम्मान, आत्मनिर्भर हुने व्यवसाय प्रर्वद्धनमा जोड (भिडियो)

 

चितवन : नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवं युवा व्यवसायी चन्द्र ढकाललाई पूर्वी चितवनमा सम्मान गरिएको छ । धौलागिरी अञ्चलको बाग्लुङको तत्कालिन अमलाचौर गाविसमा जन्मिएर व्यवसायिक जीवनमा छलगं मारि अलग पहिचान स्थापित गरेको भन्दै यहाँको धार्मिक संस्थाले सम्मान गरेको छ ।
एक भव्य कार्यक्रम आयोजना गर्दै रत्ननगर निपनीचोक नजिक रहेको हरिहर मन्दिर व्यवस्थापन समिति र गायत्री हरिहर वेदवेदांग नामक संस्कृत विद्यालयले संयुक्त रुपमा सम्मान गरेको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेलसहित धार्मिक गुरुहरुले उनलाई रुद्रक्ष माला, ढोसल्ला ओढाई सम्मान गरिएको हो । सोही अवसरमा भर्खर मात्रै उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा समेत निर्वाचित भएकोमा बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त समेत गरिएको थियो । ग्लोबल आइएमई बैंक अध्यक्ष समेत रहेको ढकालको रेमिटेन्स, वैंकिङ, इन्स्युरेन्स, पर्यटन, पूर्वाधार, जलविधुत, सूचना प्रविधि, अटोमोबाइल, कार्गोल, चन्द्रागिरि केबलकारगायतमा लगानी छ ।

्सो अवसरमा बोल्दै बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले र्पिछल्लो समयमा धार्मिक महत्व कम हुदै गएको चिन्ता प्रकट गर्दै व्यवसायीहरुले धर्मिक संरक्षण नितिका साथ अगाडी बढिरहेको बताए । उनले नेपाली संस्कृत पढाई विश्वमा अलग पहिचान भएको भन्दै यसको विकासमा आफु र उद्योग वाणिज्य महासंघ पनि लाग्ने स्पष्ट पारे । उनले मुलुक आर्थिक विकास विना अगाडी बढ्न नसक्ने भन्दै स्वदेशमा आत्मनिर्भर हुने व्यवसाय प्रर्वद्धनमा महासंघले छिटै नयाँ कार्यक्रम घोषण गर्ने बताए ।
कार्यक्रममा धार्मिक गुरु हरिप्रसाद शर्मा आचार्य, युवा व्यवसायी एवंम् समाजसेवी वेदप्रसाद आचार्य, नेपाली काग्रेस नगर सभापति रुपनराज घिमिरे, सामाजिक अगुवा निलकण्ठ पौडेल, यातायात व्यवसायी शंकर गिरी लगायतले ढकालले व्यवसायी जिवन पाएको सफलतालाई बधाई दिदै धार्मिक विकासमा समेत ध्यान दिन आग्रह गरेका थिए ।