व्यवसायीको सुरक्षा, आर्थिक विकास र एकताका लागि अनुपको उवासंघमा उम्मेदवारी

चितवन : अनुप विसुराल पूर्वी चितवनका युवा व्यवसायी हुन । सानै उमेरमा व्यवसायिक क्षेत्रमा प्रवेश गरेका विसुराल आफ्नो व्यवसाय प्रर्बद्धनसंगै व्यवसायिक सुरक्षा र एकतामा पनि चिन्तित हुने गरेका छन । शिखर पोल्ट्री फर्मका सञ्चालक विसुराल भर्खरै २६ बर्षका भए ।

सानै उमेरमा ठुलो लगानीको व्यवसायको नेतृत्व गर्न सफल अनुपले संघसंग आबद्ध भएर व्यवसायीको सुरक्षा र एकताको लागि काम गर्ने सोच बनाएका छन । यही मंसिर २८ र २९ गते रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशनमा उद्योग तर्फको सदस्य पदमा उम्मेदवारी दिएर उनले संस्थागत रुपमा काम गर्ने योजना सहित अघि बढेका छन । मेरो युवा जोश व्यवसायीको सुरक्षा र एकतामा लगाउन चाहन्छु उनले भने त्यो संगै आर्थिक विकास र स्थानीय आवश्यकताको परिपूर्ति गर्ने काममा लाग्ने छु ।

उद्योग बाणिज्य संघमा निर्वाचित भएपछि पूर्वी चितवनमा रहेका बजारहरु व्यवस्थित गर्ने,व्यवसायीहरुलाई एकताबद्ध बनाउने,युवाहरुलाई आर्थिक विकासका कामहरुको प्रोत्सहान गर्ने र संघले गर्ने विभिन्न गतिविधिलाई अर्थपूर्ण बनाउन नेतृत्वदायी भूमिका निर्बाह गर्ने योजना सहित उनी चुनाबी मैदानमा होमिएका छन । व्यवसायी विसुरालले आफुलाई अमुल्य मत दिइ विजय गराउन आग्रह गर्दै आम व्यवसायीको हातबाट आफ्नालागि परेको मतलाई दुरुपयोग हुन नदिने बताए ।