उवासंघ रत्ननगरको चुनावी सरगर्मी : हरि अधिकारीको यस कारण उपाध्यक्षमा उम्मेदवारी !

चितवन : पूर्वी चितवनका व्यवसायीहरुमा यतिवेला चुनावी चटारोले छोएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आसन्न २१ र्औँ अधिवेशनको मिती नजिकिएसँगै चुनावी प्रतिस्पर्धी ह्वात्तै बढेको छ । जसको विभिन्न पदमा उठ्ने उम्मेदवारहरुलाई चटारो छ । जसका उनीहरु यतिवेला भित्रभित्रै चुनाबको तयारी तीव्र पारेका छन् । उवासंघ रत्ननगरको आसन्न निवार्चनमा उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । उपाध्यक्षमा विभिन्न नामहरु चलिरहेको वेलामा यतिवेला पूर्वी चितवन रत्ननगरका पुराना एवं स्थापित व्यवसायी हरि अधिकारीले पनि उपाध्यक्षमा उमेदवारी दिएको बताएका छन् ।
सरल, निडर, सहयोगीपन, आत्मीयता र सामाजिक व्यक्तित्वको रुपमा युवा व्यवसायी हरिको रत्ननगरमा भिन्नै पहिचान छ । झण्डै डेढ दशकदेखि रत्ननगर उवासंघको सदस्य अनुभव हासिल गरेक अधिकारीले व्यवसायिक हित र विकास लागि समृद्ध पूर्वी चितवन मेरो पूर्वी चितवन भन्ने आर्थिक रणनितिसहित उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।
२०३४ सालमा म्यादीको वेनी नगरपालिका वडा नम्बर ४ तातोपानीमा पिता टुगंलाल शर्मा र माता तारादेवी शर्माको माईलो छोरोका रुपमा जन्मीएका अधिकारी अथक मिहिनेत कडा परिश्रमका साथ रत्ननगरमा मात्रै नभई जिल्लामै स्थापित युवा व्यवसायी बन्न सफल भएका हुन् ।
आईकम सम्मको अध्ययन पुरा गरेका अधिकारीले मध्यम परिवारभएकै कारण पढाईलाई निरन्तरता दिन नसके पनि २०५० सालमा चितवनको रत्ननगरमा झरेर केहि समय तत्कालिन रत्ननगर गाविसमा २०५१ देखि ५४ सम्म प्राविधिक सहायक र रत्ननगर नगरपालिका भएपछि २०६० देखि २०६४ सम्म प्रशासन शाखाका रहेर काम गरेको अनुभव पनि सगाले ।

यो विच जागरि भन्दा आफै केहि गरौंँ भन्ने भावका साथ २०६५ देखि व्यवसायी सुरु गरेको थिए । उनले किराना व्यवसायबाट सुरु गरेको व्यवासयीक यात्रा अहिले पोल्टी, खाद्यान्न होलसेल, क्रसर उद्योग र होटल व्यवसायसहित विभिन्न आधा दर्जन व्यवसाय गरिरहेका छन् । भने विभिन्न सामाजिक संघसंस्थामा पनि उतिकै सक्रिय छन् ।

अधिकारीको व्यवसायीको बिचमा अलग पहिचान छ । उनले व्यवसायी हकहितका लागि गुट उपगुट अन्त्य गर्दै अगाडी बढ्नुपर्ने तर्क गर्दछन् । रत्ननगरको पुरानो टाँडी बजारलाई व्यवस्थित गर्दै कृषि र पर्यटन मात्र अगाडी बढ्ने योजना आफ्नो टिमको हरेको बताए । साना ठुला सबै व्यवसायलाई समान रुपमा हेर्दै व्यवसाय प्रर्वद्धन हुने खालका कार्यक्रम आफुले अगाडी सार्ने उनले बताए ।

उनले रत्ननगर मेरो पहिचान, सौराहा मेरो सम्मान, व्यवसायिक कृषि मेरो स्वाभिमान, औद्योगिक सुरक्षा मेरो अभियान, सम्पूर्ण व्यवसायी मेरो भगवान भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका हुन् ।
अधिकारीले उवासंघको हरेक कार्यक्रममा उनको सक्रिय भूमिका देखिदै आफ्नो कार्यकालमा एशोसेट संघलाई मजबुद बनाएका थिए । उनले विगत आधा दशकदेखि संघका विभिन्न पदमा रहेर कुशलतापूर्वक आफ्नो भूमिकासगै व्यवसायीक एकता, हित र प्रवर्दनमा अलग खालको पहिचान बनाएका छन् भने यहि कारण पनि उनी व्यवसायी माझमा निकै लोकप्रिय मानिन्छन् । उनी सहमति सहकार्य र परिवर्तनको निरन्तरमा आफू रहेको बताउँछन् । म पनि नेतृत्वको लागि अगाडी बढेको छु’ उनले भने, ‘ व्यवसायी हित र एकताको लागि मैले मत पाउनेछु ।’

गौरवशाली ईतिहास बोकेको उवासंघ रत्ननगरमा विभिन्न कालखण्डमा यस संघलाई निरन्तर योगदान गर्नुहुने धेरै जना हुनुहुन्छ । नेतृत्वको लागि आकांक्षा राख्नु सामान्य कुरा हो उनले अगाडी भने, निजि क्षेत्रको छाता संघको रुपमा समेत रहेको यस संस्थामा कुनै पनि राजनैतिक, जातिय, वर्गाीय र धार्मीक लगायतका आधारमा नेतृत्व वा गुटबन्दी हुनु राम्रो होईन । यसले व्यवसायीक एकता, हित र प्रर्वद्धनमा सधै दरार पैदा गर्छ । यस्तो नहोस् भनेर विगतदेखि व्यवसायीहरु एकवद्ध भई साझा प्रयासमा नेतृत्व चयन हुने गर्दथ्यो । संघलाई माया गरेर योगदान दिने ईच्छा राख्नु सबैको अधिकारको कुरा हो  उनी बताउछन् ।

 

Promise Education Consultancy