कोरोनाले व्यवसायको मार हटेन्, उचित राहत देऊ सरकार : होटल संघ महासचिव गोपाल

चितवन : भरतपुर महानगरपालिका वडा ३ निवासी हुन् युवा व्यवसायी गोपाल श्रेष्ठ । विगत लामो विभिन्न सघसंस्थासगैँ होटल व्यवसायमा रमाएका श्रेष्ठ एउटा आशा लाग्दो युवा व्यवसायी पनि हुन् ।
जसका उनी यतिवेला होटल व्यवसायी संघ चितवनको महासचिवमा नेतृत्व गरिरहेका छन् । झण्डै ८ महिनादेखि कोरोनाका कारण थला परेका होटल व्यवसाय क्षेत्रलाई कसरी उकास्न सकिन्छ भने र उनी तल्लीन छन् । यसविच सरल , सहयोगी र आत्मीयपनका धनी उनै श्रेष्ठले सौराहा अनलाईनसँग कुराकानी गर्दै संघका पिडा, समस्या र माग समेत यसरी अगाडी भनेका छन् ।
“आर्थिक मेरुदण्डको रुपमा होटल क्षेत्रलाई हेरिन्छ, उनले भने–हामी लाखौँ कर तिर्दै आएको छौँ, तर सरकारले यतिवेला हामी नहेर्दा या भनौँ हाम्रो समस्या ध्यान नदिदा धेरै साथी पलायन भए ।”
राज्यले नरेहको पिडा त छदै छ उनी अगाडी भन्छन्, घरधनीले यो पिडामा भाडाको बारेमा दिएको कचकच अर्को व्यथा हो, भने लोन लिएर व्यवसाय थालेका साथीहरु ब्याज तिर्न नसकेको पिडा छ ।
उता कर्मचारीहरुलाई समेत समयमा परिश्रमीक दिन नसकेर व्यवसायीहरु एकपछि अर्को समस्याको चपेटा खपेका छन् । महासचिव श्रेष्ठले होटल व्यवसायीलाई ठूलो मार परेको भन्दै होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न माग गरेका छन् ।
उनले महामारीले पूर्णरूपमा असर पुर्याएको होटल व्यवसायीलाई राहतस्वरुप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले होटल व्यवसायका क्रममा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने मुख्य स्रोत व्यवसाय भएकाले ऋण तथा किस्ता तिर्ने समयावधि दुई वर्ष थप गरी ब्याजमा सहुलियतदर कायम गराई साँवामा गाभिदिने व्यवस्था मिलाउन आग्रह गरे ।
अहिलेसम्म होटल व्यवसायीले राज्यबाट कुनै पनि सुविधा नपाएको भन्दै महासङ्घले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत माग गरेको छ ।
बन्दाबन्दीका कारण होटल क्षेत्रबाट विस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरलाई पुनर्ताजगी तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनको तर्क छ।
कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा होटल व्यवसायको आर्थिक भार दिनानुदिन बढ्न गई यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्था देखिएकाले यस अवस्थालाई मध्यनजर गर्दै सरकारले योजना तर्जुमा गर्नुपर्ने उनले आफ्नो संघको तर्फबाट अपिल पनि गरे ।
चितवनमा ४ सय व्यवसायी दर्ता भएपनि जिल्ला भर साना ठुला गरि ५ सय बढी व्यवसायी होटल तथा रेष्टुरेन्ट व्यवसायमा रहेको तथ्यांक रहेको उनले बताए ।

 

 

 

 

Promise Education Consultancy