राजावादीको जनप्रर्दशनमा ‘दुःख पाए साराले, केपी तेरो पाराले’ भन्दै प्रधानमन्त्री विरुद्ध आक्रोश (भिडियो)

 

चितवन : चितवनसहित देशका विभिन्न भागमा राजसंस्थाको पक्षमा विशाल जनप्रर्दशन गरिएको छ । गणतन्त्रात्मक शासन पद्धति विरुद्ध सर्वसाधरण सडकमा उत्रिए । राष्ट्रवादी नागरिक समाज चितवन र नवलपुरको आव्हानमा शनिबार दिउसो भरतपुरमा निस्केको मोटरसाइकल ¥यालीमा राज आउ देश बचाउँ नारा मात्रै घन्काएनन्।

पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डको गृहजिल्लामा उनीहरुले ‘दुःख पाए साराले केपी तेरो पाराले ’ भन्दै प्रधानमन्त्री विरुद्ध आक्रोशित नाराबाजी समेत गरे ।

दिउसो १ बजे निस्केको ¥याली केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) हुदै हाकिमचोक–चौविसकोठी–लायन्सचोक–शहिदचोक–पुलचोक–पोखराबसपार्क–आँपटारीहुदै केन्द्रीय बस ट्रमिनल पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा हजारौँ सर्वसाधरण सहभागि थिए ।

राष्ट्रिय झण्डा पहराउँदै सर्वसाधरणले संघीयता खारेजीको माग गरेका थिए । राजसंस्था र हिन्दुराष्ट्र पुर्नवहाली गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका नारा लगाउँदै ¥यालीमा सहभागी बनेका थिए ।