कालिकाका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा औषधि वितरण

कालिका : कालिका नगरपालिका वडा नं ६ मा रहेको मावि रेडक्रसग्राममा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा औषधि वितरण गरिएको छ । लायन्स क्लव अफ नेपाल जापान फ्रेण्डसीप संस्थाका नेपाल निर्देशक दिलिप लामिछानेले विद्यालयमा शैक्षिक सामाग्री र औषधि सहयोग गरेका हुन । विद्यालयमा आयोजित कार्यक्रममा कालिकाका मेयर खुमनारायण श्रेष्ठ, निर्देशक लामिछाने र वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मीले उक्त सामाग्री र औषधि विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर श्रेष्ठले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न भौतिक पूर्वाधार निर्माण,शिक्षकको क्षमता विकास र प्रविधिमैत्री शिक्षण सिकाइलाई जोड दिएको बताए । कार्यक्रममा लायन्स क्लवका निर्देशक लामिछानेले कमजोर आर्थिक अबस्था भएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा आवश्यक सहयोग गर्ने संस्थाको नीति अनुसार यहाँका विद्यार्थीहरुलाई सहयोग गरिएको बताए ।