चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

 

चितवनः जिल्लामा रहेको पुरानो मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नम्बर ६ का ८४ वर्षिया पुरुष रहेको अस्पतालले जानएको छ ।

निमोनियाका कारण मंसिर १७ गते अस्पतालमा भर्ना भएका उनमा १८ कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज राती १ वजे मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमणका कारण सोही कलेजमा लम्जुङका ८६ वर्षिय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बेशसहर नगरपालिका वडा नम्बर २ का पुरुष रहेको अस्पतालले जनाएको छ । निमोनियाको उपचारका लागि मंसिर १५ गते अस्पतालमा भर्ना भएका उनमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए संगै कोभिड उपचार कक्षमा उपचारका क्रममा उनको शुक्रबार साँझ ६ः४० मा मृत्यु भएको हो ।