प्रहरीकै मिलेमतोमा मानवतस्करी: गृह मन्त्रालयले लियाे कडा एक्सन

काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सेटिङमै भइरहेको मानवतस्करीको गृह मन्त्रालयले छानबिन गर्ने भएको छ । मन्त्रालयले उपसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

विमानस्थलस्थित अध्यागमन र प्रहरीकै मिलेमतोमा भिजिट भिसामा खाडी देशमा मानवतस्करी सुरु भएको खुलेपछि छानबिन थालिएको हो । मन्त्रालयले उपसचिव रुद्र पण्डितको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

मानव तस्करी गिरोहको सेटिङमा ठूलो संख्यामा भिजिट भिसामा अध्यागमनले दुबई र कतार जान दिएको पाइएको छ । सेटिङमा विमानस्थल अध्यागमन प्रमुख गौलोचन सैंजुकै मिलेमतोको आशंका गरिएको छ ।

मानव तस्करीमा हुने सेटिङमा लेनदेन नमिलेर विमानस्थलमा अध्यागमन प्रमुख र प्रहरीबीच विवाद भएको थियो । गृहले छानबिन थालेपछि केहीदिनयता सेटिङ भत्कन थालेको छ । आजभोलि धेरेलाई अध्यागमनले फर्काउने गरेको छ ।