बेवारिसे अवस्थामा पेस्तोल र गोली बरामद

काठमाडौं : सुनसरीमा बेवारिसे अवस्थामा पेस्तोल, गोली र म्यागेजिन बरामद भएको छ ।

धरान उपमहानगरपालिका १३ मदन आश्रित मार्गस्थित नालीबाट बवारिसे अवस्थामा रहेको एकथान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ५ राउण्ड गोली र १ थान म्यागेजिन प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलाभित्र रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।