राप्ती सभाहलको नगर प्रमुख प्रभा बरालद्वारा अनुगमन

चितवन : पुर्बि चितवनकाे  राप्ती नगरपालिका वडा न ०२ गड्याैलिमा  बन्दै गरेको नगर सभाहलको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल र उप-प्रमुख इमानसिह लामाले अनुगमन गर्नु भएको छ ।

राप्ती नगरपालिका वडा नं. २ मा निर्माण भइरहेकाे  नगर सभाहलको कार्य प्रगति के कस्तो भयो भनेर निरिक्षण गरिएको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले बताउनुभयो ।

राप्ती नगरपालिकाको बन्दै गरेको नगरपालिका सभाहलको निर्माण कार्य तिब्र गतिमा भैरहेकोमा उप-प्रमुख ईमानसिङ लामाले खुशी ब्यक्त गर्नुभयो ।

नगरको सभाहल निर्माण कार्य लगभग ६० प्रतिशत सकिएको नगर सभाहल भवन निर्माण अनुगमन समितिका संयोजक एवंम राप्ती नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्याम सुन्दर उप्रेतीले बताउनुभयो ।

नगरहल बने पश्चात धेरै संघसंस्था लगाएत नगरपालिकाका सभाहरु गर्न मिल्ने सुविधा यस नगर सभा हलबाट पाउन सकिनेछ । नगरसभा महालक्ष्मी कन्स्ट्रक्सनले निर्माण कार्य तिब्र गतिमा निर्माण गरिरहेको छ । सभाहलमा ६०० जना सम्म अट्न सक्ने अनुमान गरिएको छ ।