संयुक्त राष्ट्रसंघमा ‘गाँजा’ बहस : नार्कोटिक ड्रगसहितको प्रतिबन्ध हट्यो, खेती गर्न सहज

काठमाडौं : संयुक्त राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै नार्कोटिक ड्रगको समूहबाट हटाएर विश्वव्यापी प्रतिबन्ध हटाएको छ । यससँगै कानुनी रुपमा गाँजाको खेतीका लागि सहजता थपिएको छ ।

नेपालले पनि गाँजालाई प्रतिबन्ध हटाएर औषधीय गुण भएको वनस्पति मान्नुपर्ने पक्षमा मतदान गरेको थियो । नेपालमा तत्कालीन एमालेका तथा अहिलेको नेकपाका केही सांसदहरुले गाँजामाथिको प्रतिबन्ध खुलाएर खेती गर्नुपर्ने बताउँदै आएका छन् ।

बुधबार साष्ट्रसंघको ड्रग एजेन्सीका सदस्य राष्ट्रहरुले गाँजालाइृ औषधीय गुण भएको वनस्पति मान्नुपर्ने भन्दै यसमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा बहुमत पुर्याएका थिए । जसमा नेपालले समेत भोट गर्ने अवसर पाएको थियो ।

नेकपाका सांसदहरुले पूर्वकानुनमन्त्री शेर बहादुर तामाङको नेतृत्वमा गाजाँको प्रतिबन्ध खुलाउनपर्ने भन्दै गैरसरकारी विधेयकनै दर्ता गरेका थिए । अब नेपालमा पनि गाँजा खेतीको कानुनी मान्यताको बहसले थप व्यापकता पाउने तामाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

राष्ट्रसंघको ड्रग एजेन्सीले बहुमत भोटका आधारमा प्रतिबन्ध हटाएको हो । उक्त समितिमा रहेका ५३ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षमा नेपालसहित २७ मत परेको थियो ।

यसअघि विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण भएको भन्दै प्रतिबन्ध हटाउनका लागि राष्ट्रसंघलाई चिठी लेखेको थियो । यससँगै अब विश्वभर गाँजाको कानुनी प्रक्रियाबाटै खेती गर्न पाइने भएको छ ।