वडाध्यक्षले राजीनामा दिए

डडेल्धुरा ः काम गर्ने बातावरण नभएको भन्दै वडा अध्यक्षले राजीनामा दिनुभएको छ ।

डडेलधुरा जिल्ला अलिताल गाउँपालिका–१ का वडा अध्यक्ष पूर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा सहकर्मीबाट निरन्तर असहयोग भएको भन्दै राजीनामा पत्र दर्ता गराउनुभएको हो ।

बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ भन्नुभयो,“म अहिले बाहिर छु । फर्किएप्छि राजीनामा पत्र हेरेर समस्या समाधानमा पहल गर्छु । ”